काठमाडौँ, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बसोबास गर्ने विभिन्न जातजाति र भाषाभाषीको कलासंस्कृति नै नेपालको सम्पत्ति भएकाले यसको जगेर्ना गर्नुपर्ने बताउनुभएको छ ।
आठौँ अन्तर्राष्ट्रिय लोक महोत्सव–२०१६ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल हिमाल, पहाड, तराईको सुन्दरताले भरिपूर्ण देश भएको बताउँदै भन्नुभयो– “महोत्सवमा सहभागिता जनाउन आउनुभएका सम्पूर्ण अतिथिहरु नेपालको सुन्दरतालाई हेरेर जानुहोला ।”
एभरेस्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा आजदेखि सुरु भएको सो महोत्सव काठमाडौँ लगायत ललितपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ र कास्कीमा समेत प्रदर्शनी गरिनेछ । महोत्सवमा नेपालसहित इन्डोनेसिया, इस्टोनिया, बङ्गलादेश, भारत, मेक्सिको र श्रीलङ्काका कलाकारले आफ्ना लोपोन्मुख लोकनृत्य प्रदर्शनी गर्नेछन् । रासस
No comments:
Post a Comment