Thursday, March 24, 2016

राष्ट्रपतिसँग जर्मनेली सांसदको सामूहिक भेट

काठमाडौँ, ११ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको भ्रमणमा रहेको सङ्घीय गणतन्त्र जर्मनीका पाँच सदस्यीय सांसदको टोलीले आज अपराह्न राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गरेको छ ।

त्यस अवसरमा नेपाल र जर्मनीबीचको सम्बन्ध, सहयोग र पारस्परिक हितका विविध विषयमा छलफल हुनाका साथै आपसी मैत्री एवम् सहायतालाई थप सुदृढ तुल्याउने बारेमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भूकम्पपछिको पुनःनिर्माणमा केन्द्रित रहेर जर्मनीको सङ्घीय संसद्मा प्रतिनिधित्व गर्नुभएका विभिन्न राजनीतिक दलका नेताले राष्ट्रपतिलाई जर्मनीका सरकार, जनता र सङ्घसंस्थाले नेपाललाई सघाउन तत्पर रहेको जानकारी गराउनुभएको थियो । भेटमा सांसद डागमर जी होर्ल, जुर्गेन क्लिम्की, स्टाफन रेबमान, हाइक हानसेल र विइ केकरिट्ज तथा नेपालका लागि जर्मनीका राजदूत माथियाज मेयर सहभागी हुनुहुन्थ्यो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts