Friday, March 11, 2016

कृषि क्रान्तिबिना देशको उन्नति हुँदैन : महामन्त्री कोइराला

काठमाडौँ, २८ फागुन । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री डा शशाङ्क कोइरालाले कृषि क्रान्तिबिना नेपालको आर्थिक उन्नति हुन नसक्ने बताउनुभएको छ ।

काँग्रेस सम्बद्ध नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घको प्रथम अधिवेशनमा आज यहाँ महामन्त्री कोइरालाले नेपाली काँग्रेसले नेपाली जनताको उन्नतिका लागि व्यावसायिक कृषिलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो– “बिपी कोइरालाको सरकारदेखि नै कृषिलाई उच्च प्राथमिकतामा राखेको र उहाँको पालामा समग्र बजेटको २७ प्रतिशत बजेट कृषि क्षेत्रमा विनियोजित गरिएको थियो ।”

महामन्त्री कोइरालाले पार्टीभित्र देखिएको ६०÷४० को भागबन्डालाई आफूले अन्त्य गर्ने दाबीसमेत गर्नुभयो ।

नेपाली जनताको लामो बलिदानी र सङ्घर्षपश्चात् स्थापना भएको संविधानको सफल कार्यान्वयनका लागि काँग्रेसले पहल गर्ने उल्लेख गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts