काठमाडौँ, १८ फागुन । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपालको प्रजातान्त्रिक आन्दोलनमा रामप्रसाद राईको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।
रामप्रसाद राई स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मन्त्री राईले राईको सपनाअनुसार संविधान लेखिएको र जनताले अधिकारप्राप्त गरेको बताउनुभयो । उहाँले प्रतिष्ठानले राईका बारेमा ठोस प्रस्ताव ल्याएमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेकपा ९एमाले०का नेता प्रदीप नेपाल र पूर्वमन्त्री शङ्कर कोइरालाले राईको मृत्यु रहस्यमय भएकाले उहाँबारे थप खोजी अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष रामकुमार बान्तवा, सांसद् तारादेवी राई र जयसिवाङ राईलगायतले मुलुककमा विसं २००७ को राजनीतिक आन्दोलनमा सहयोग गरेका योद्धाका रुपमा राई स्मरण गर्नुपर्ने बताउँदै उहाँकाबारेमा सरकारले केही सम्झनयोग्य कार्य गर्नुपर्ने बताउनुभयो । रासस
No comments:
Post a Comment