Monday, March 7, 2016

वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरलाई मान्यता माग

वीरगन्ज, २५ फागुन । उद्योग राज्यमन्त्री मेघराज निषाद नेपालीले वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरलाई विधिवत् रुपमा औद्योगिक कोरिडोरका रुपमा मान्यता दिलाउन आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घद्वारा आफ्नो सम्मानमा आज यहाँ आयोजित भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा उहा“ले लामो समयदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना तथा कृषि औजार कारखानाको सञ्चालनका सरकार सकारात्मक रहेको बताउनुभयो ।

कार्यक्रममा सङ्घका अध्यक्ष प्रदीपकुमार केडियाले नेपालकै सबैभन्दा बढी लगानी भएको ‘वीरगन्ज–पथलैया औद्योगिक कोरिडोर’ लाई राज्यले विधिवत् रुपमा घोषणा गर्नुपर्ने बताउँदै उद्योग प्रतिष्ठानमा दिनहुँ हुने श्रम समस्या, औद्योगिक कोरिडोरलाई आवश्यक भौतिक पूर्वाधारप्रति राज्यले गरेको बेवास्ता, लचिलो वैदेशिक लगानी नीति, औद्योगिक कोरिडोरमा राज्यद्वारा लगाइने कर नीतिका बारेमा राज्यमन्त्रीलाई ध्यानाकर्षण गराउनुभयो ।

सङ्घका निवर्तमान अध्यक्ष अशोककुमार वैद्यले वीरगन्ज पथलैया औद्योगिक कोरिडोरमा सम्भावित आगलागी जस्ता घटनालाई न्यूनीकरण गर्न एक थान रसायनयुक्त वारुणयन्त्र उपलब्ध गराउनुपर्ने माग गर्नुभयोे । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts