Monday, March 7, 2016

जाडोमा म्यादेज्वरो

कावासोती, २५ फागुन । नवलपरासीमा म्यादेज्वरो(टाइफाइड)का बिरामी बढेका छन् ।

फागुनको दोस्रो सातादेखि छिटफुट रुपमा यस्ता बिरामी देखिए पनि पछिल्लो समयमा त्यसको सङ्ख्यामा वृद्धि भएको छ । आकासे पानी नपरेको अवस्थामा पनि म्यादेज्वरो अर्थात् विषमज्वरका बिरामी बढ्नु आश्चर्य भएको स्वास्थ्यकर्मीले जनाएका छन् ।

सुरुमा जिउ दुख्ने, ज्वरो आउने, शरीरका अङ्ग गल्ने र जोर्नी दुख्ने लक्षण लिएर अस्पताल आएका बिरामी रगत परीक्षण गर्दा उनीहरुमा विषमज्वरको विषाणु भेटिएको कालीगण्डकी सामुदायिक अस्पतालका डा छविलाल थापाले जानकारी दिनुभयो । एक सातामा अस्पतालमा मात्रै १५० यस्ता बिरामीको स्वास्थोपचार गरेका छन् ।

डा थापाले भन्नुभयो– “टाइफाइड पानीजन्य रोग भएकाले सफा पानी प्रयोग गर्नुपर्छ ।” प्रदूषित पानीका कारण रोग देखिने भएकाले पानी उमालेर खान चिकित्सकले यसरी सुझाव दिएका छन् । समयमै उपचार नभए यसले भयावह स्थिति ल्याउने चेतावनी चिकित्सकले गरेका छन् । कावासोती क्षेत्रमा व्यापक रुपमा बालबालिका र महिलामा यो रोग देखिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts