Monday, March 21, 2016

नेपाल–चीनबीच पारवहन तथा यातायात सम्झौता

बेइजिङ, ८ चैत । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछयाङबीच आज भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच ग्रेट हल अफ दी पिपुलमा उच्चस्तरीय वार्ता भई पारवहन तथा यातायातलगायत महत्वपूर्ण सम्झौता भएका छन् ।

नेपाल र चीनबीचस्वतन्त्र व्यापार सम्झौता, ३२ हजार घरमा सौर्य प्रणाली जडान गर्ने सम्झौता, सुविधायुक्त ऋण सम्झौता, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता, नेपालमा ग्यास तथा इन्धनको अन्वेषण गर्ने सम्झौता र हिल्सामा पुल निर्माण गर्नेलगायतका सम्झौता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

दुई प्रधानमन्त्रीबीच नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा नेपालको विकासमा चीनले पु¥याउने सहयोगका विविध पक्षमा विचारविमर्श भएको बताइएको छ । तीर्थ भट्टराई/रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts