Monday, March 21, 2016

बेलायती राजकुमार ह्यारी भोलि पोखरा आउँदै

पोखरा, ८ चैत । बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्यारी भोलि पोखरा आउँदै हुनुहुन्छ ।

नेपालको औपचारिक पाँचदिने भ्रमणमा चैत ६ गते राजधानी काठमाडौँ आइपुग्नुभएका ह्यारी भोलि पोखरा आउनुहुने भएको हो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मीका अनुसार पोखरा लामाचौरस्थित बिट्रिस क्याम्पमा हुने एक समारोहमा सहभागी भई ह्यारी भोलि नै काठमाडौंँ फर्कने कार्यक्रम छ ।

बेलायती राजदूतावासका अनुसार सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न ह्यारी पोखरा आउन लाग्नुभएको हो । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा आउनुभएका ह्यारीको पोखरा भ्रमणलाई महत्वपूर्ण अवसरका रुपमा पोखरेलीले लिएका छन् ।

पोखरा रहँदा उहाँ वीरता र पराक्रममा ख्याति कमाएका गोर्खा सैनिकका परिवारजनसित पनि भलाकुसारी गर्नेलगायतका कार्यक्रममा सहभागी रहनु हुनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts