Wednesday, March 16, 2016

नेपालमा उखु काट्ने मेसिनको प्रदर्शन

विराटनगर, ३ चैत । नेपालमा पहिलोपल्ट उखु काट्ने मेसिनको आज सुनसरीको अमडुवामा प्रदर्शन गरिएको छ ।

विश्व बैंकसँग आबद्ध इन्टरनेसनल फाइनान्स कम्पनीको सहयोगमा न्युहोलेन्ड कम्पनीको मेसिनलगायतका औजार किसानका बीचमा सञ्चालन गरी उखुको बोट काटेर सङ्कलन गरिएको थियो । उक्त मेसिनले उखुको बोटलाई जारादेखि नै काटी टुक्राटुक्रा पारेरसँगै हिँडेका ट्रकमा ती टुक्रा जम्मा गर्नुका साथै उखुका पातलाई धुलोका रुपमा परिणत गर्दै गइरहेको देखिन्थ्यो ।

मजदुरबाट उखु काट्नु पर्ने, जराबाट काट्न नसकिने र बढी समय लाग्ने बाध्यतालाई अन्त्य गर्न सो मेसिनको महत्व र उपादयताबारे सो अवसरमा जानकारी गराइएको थियो ।

रु एक करोड ६८ लाख मूल्य पर्ने सो मेसिनले एक घन्टाको अवधिमा १५ टन उखु तयार गर्न सक्छ ।

यसका साथै, जमिनलाई जस्तोसुकै रुपमा सम्याउन सकिने रु सात लाख २० हजारको ल्यान्ड लेजर लेबर मेसिन, दुई÷तीन फिट गहिरोसम्म जोताइ गर्नसक्ने सब–सोंइलर मेसिनको समेत प्रदर्शन गरिएको थियो ।

सो अवसरमा दिगो उखु खेतीका लागि यान्त्रिकीकरणको प्रयोग सम्बन्धमा साल्ट ट्रेडिङ लिमिटेड एवम् मोरङ सुगर मिलका निर्देशक देवदास मानन्धरले यस मेसिनको प्रयोग गरेपछि समयको वचत हुनुका साथै उत्पादनमा समेत वृद्धि हुने बताउनुभयो ।

भारतका उखु विशेषज्ञ डा राजपाल सिंहले मजदुरले उखुको बोट चार÷पाँच इन्च माथिबाट काट्ने गरेकाले प्रतिहेक्टर रु चार हजार मूल्य बराबरको १० क्विन्टल उखुको बोट मेसिनले जराबाट काट्ने गरेकाले किसान लाभान्वित हुने जानकारी गराउनुभयो ।

उखु तथा चिनी विकास समितिका अध्यक्ष रामचन्द्र कुशवाहाले मुलुकमा १२ वटा सुगर मिल रहेको र यस्ता मेसिन प्रत्येक मिललाई खरिद गर्नुपर्ने सुझाव दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts