Sunday, March 20, 2016

पार्टी हित विपरीतका गतिविधिमा नलाग्न आग्रह

काठमाडौँ, ७ चैत । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले आफ्ना नेता तथा कार्यकर्तालाई पार्टी हित विपरीतका गतिविधिमा नलाग्न आह्वान गरेको छ ।

मुलुकको राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताप्रति सधैँ दृढ रहने प्रतिबद्धता जनाउँदै अध्यक्ष बद्री न्यौपानेले आज जारी गरेको विज्ञप्तिमा अनुशासनहीन र अराजक गतिविधिमा संलग्न केही व्यक्तिले परित्यागको घटनाले पार्टी विचलित हुँदैन भनिएको छ ।

राष्ट्रियता र सङ्घीय गणतन्त्रको विपक्षमा उभिने, पार्टीले आह्वान गरेको आन्दोलन भाँड्ने, सरिक नहुने विचलनवादी प्रवृत्तिका एकाध व्यक्ति पार्टीबाट अलग हुँदैमा हाम्रो पार्टी र सङ्गठनलाई असर नपर्ने जनाउँदै त्यस्ता व्यक्तिलाई दलको साधारण सदस्य नरहने निष्काशन गरिसकिएको विज्ञप्तिम गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts