Sunday, March 20, 2016

बहकरप्रति आकर्षण घट्दै

कालीकोट, ७ चैत । जिल्लामा ढुवानीका साधनका रुपमा लिँदै आएको बहकर (भेडा तथा बोका)को प्रयोग पछिल्लो समयमा घट्दै गएको छ ।

जिल्लाका ग्रामीण क्षेत्रमा पालन गर्दै आएका भेडा तथा बाख्रालाई चामल, नुनलगायत सामग्री ढुवानीका लागि प्रयोग हुँदै आए पनि पछिल्लो समयमा मानिस आफैँले तथा खच्चरबाट सामान बोकाउन थालेपछि यसको प्रयोग घट्दै गएको छ । युवा भेडाबाख्रा पालनभन्दा पनि विदेशतिर जान थालेका छन् ।

बीस वर्ष अघिदेखि बाख्रापालन गर्दै आएका नानिकोट–२ तोलिभिडका रङ्गरुप सज्यालले आफूले बाजेको पालादेखि गर्दै आएको बाख्रापालनलाई निरन्तरता दिँदै आएको बताउनुभयो । “अहिले बहकरप्रति आकर्षण घट्दै गएको छ” उहाँले भन्नुभयो ।

जिल्लाको धौलागोहका हर्ष भण्डारीले भेडाबाख्राबाट ढुवानी गर्दा सहज हुने भएकाले यसको प्रयोग बढेको बताउनुभयो । वनजङ्गल नासिँदै गएपछि भेडा तथा बाख्रापालन गर्न कठिनाइ भएको उहाँको भनाइ छ । चालिस वर्षदेखि भेडापालन गर्दै आएका प्रेम महतारा जिल्लामा हिउँद्को समयमा पालनका लागि वन नहुँदा अछामका हिच्मा, ढकारी, बलाङ्तालगायत ठाउँमा प्रतिभेडा रु २०० कर तिरेर चरिचरन गर्दै आएको बताउनुहुन्छ ।

जिल्लाका अधिकांश किसानले अहिले भेडाबाख्रा अछामका तल्लो क्षेत्रमा झारेका छन् । हिउँद्मा चरिचरन गराएर उनीहरु जेठ महिनामा जिल्ला फर्किने गर्छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts