सोलुखुम्बु, ३० फागुन । सोलुखुम्बु जिल्लाका लागि आगामी आव २०७३÷७४ का लागि रु दुई अर्ब ४० करोड ६० लाख ८७ हजार ६३५ बराबरको बजेट सार्वजनिक गरिएको छ ।
जिल्ला विकास समितिको सभाहलमा आज भएको २४औँ जिल्ला परिषद्का क्रममा स्थानीय विकास अधिकारी महेश पराजुलीले सो बजेट सार्वजनिक गर्नुभएको हो ।
सार्वजनिक बजेटमध्ये जिविसको कार्यालय सोलुखुम्बुको १९.२३ प्रतिशत, विषयगत कार्यालयको ५१.०७ प्रतिशत र गैरसकारी संस्थाको २९.६९ प्रतिशत रहेको छ ।
यस्तै कुल विनियोजित बजेटमध्ये चालु खर्चतर्फ रु एक अर्ब १२ करोड ६६ लाख ३५ हजार र पूँजीगततर्फ रु एक अर्ब २७ करोड ९४ लाख ५२ हजार ६३५ रहेको छ ।
प्रस्तुत गरिएको वार्षिक नीति तथा कार्यक्रममा सडक, पर्यटन, जलविद्युत् र कृषिलाई प्रथामिकतामा राखिएको छ । रासस
No comments:
Post a Comment