Monday, March 7, 2016

सार्क विदेशमन्त्रीस्तरीय बैठकको तयारी तीव्र

पोखरा, २५ फागुन । आगामी चैत १ देखि ४ गतेसम्म पोखरामा हुने सार्क विदेशमन्त्रीस्तरीय बैठकका लागि तयारी तीव्र पारिएको छ ।

काठमाडौँ बाहिर पहिलो पटक गर्न लागिएको उच्चस्तरीय बैठकलाई प्रभावकारी बनाउने उद्देश्यका साथ क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । समितिअन्तर्गत नौ उपसमिति गठन गरिएको क्षेत्रीय प्रशासन कार्यालय, पोखराका शाखा अधिकृत ऋषिराम आचार्यले बताउनुभयो ।

उहाँका अनुसार बैठकको तयारीस्वरुप पोखरामा बाटोघाटो निर्माण र सरसफाइका साथै स्वागतद्वार निर्माण लगायत कामलाई तीव्रताका साथ अघि बढाइएको छ । बैठकको मूल कार्यक्रम होटेल ग्रान्डमा गरिने जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts