Wednesday, March 23, 2016

विवादबारे एएफसी र एन्फा अधिकारीबीच छलफल

काठमाडौँ, १० चैत । एसियाली फुटबल महासङ्घ (एएफसी)का प्रतिनिधिले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमितिका पदाधिकारी भेटेर नेपाली फुटबलको पछिल्लो अवस्था र देखिएका समस्या अन्त्यबारे छलफल गरेको छ ।

एएफसीका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक सन्जीवन बालासिङ्घम र अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेलको टोलीले एन्फाका कावा अध्यक्ष नरन्द्र श्रेष्ठलगायतसँग फुटबलका विविध विषयमा छलफल गरेको हो । भेटमा उनीहरुले यथाशक्य चाँडो साधारणसभामार्फत एन्फाको नयाँ नेतृत्व छान्न पदाधिकारीलाई अनुरोध गरेका छन् ।

एएफसीका प्रतिनिधिले साधारणसभाबाट आएको नयाँ नेतृत्वले अहिलेको एन्फा विवाद समाधान गर्नसक्ने बताउँदै त्यसले विधान संशोधन गर्नसमेत मार्ग प्रशस्त गर्ने सुझाव दिएकोे छ । एन्फाका पदाधिकारीले भने संस्थाको साधारणसभा रोक्न पुनरावेदन अदालतबाट आदेश भएकाले सभा गर्न नसकिएको प्रतिक्रिया दिएको एन्फाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
आफ्ना असन्तुष्ट तीन पदाधिकारीसहित चार जनाले मुद्दा फिर्ता लिए साधारणसभा गर्न सकिने एन्फाले एएफसीका प्रतिनिधि सामु प्रष्ट पारेको छ । एएफसीका प्रतिनिधिले पनि आजै असन्तुष्ट पक्षसँग छलफलमा गर्ने र मुद्दा फिर्ता लिन अनुरोध गर्ने बताएका छन् ।

अघिल्लो वर्ष कार्यसमिति तीन बैठकमा लगातार अनुपस्थित भएको भन्दै तीन उपाध्यक्ष र एक सदस्यलाई एन्फाले कारबाही गरेपछि विवाद बढेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts