काठमाडौँ, १० चैत । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको उपक्षेत्रीय कार्यालय दोलखाको चरिकोटमा आज स्थापना गरिएको छ ।
प्राधिकरणले स्थापना गरेको यो पहिलो उपक्षेत्रीय कार्यालयका प्रमुख प्राधिकरणका बरिष्ठ डिभिजन इन्जिनियर हरि शर्मा हुनुहुन्छ ।
उपक्षेत्रीय कार्यालयले दोलखा, रामेछाप र ओखलढुङ्गामा पुनःनिर्माण, पुनःस्थापना तथा जीविकोपार्जनका विभिन्न कार्यक्रम सञ्चालन र समन्वय गर्ने प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment