Saturday, March 19, 2016

लागुऔषध गाँजासहित तीन पक्राउ

लहान, ६ चैत । सिरहाको भगवानपुर– ८ स्थित लहान ठाँडी सडकखण्डबाट सुरक्षाकर्मीको संयुक्त गस्तीटोलीले गएराति लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले लागुऔषध गाँजासहित सिरहाको नरहारीगोल– ९ निवासी ५० वर्षीय घुरन पासवान, सिरहाको भगवानपुर– ३ निवासी ४५ वर्षीय जोखन मण्डल र भारतको खररीयाथाना निवासी ४५ वर्षीय अमिर यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाको साथबाट प्याकिङ गरेको अवस्थामा अन्दाजी पाँच किलो गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts