Saturday, March 19, 2016

अवैध रुपमा सञ्चालनमा आएका अस्पताललाई कारबाही गर्ने– मन्त्री चौधरी

चितवन, ६ चैत । स्वास्थ्यमन्त्री रामजनम चौधरीले अवैध रुपमा सञ्चालनमा आएका अस्पताललाई कारबाही गरिने बताउनुभएको छ ।

निजी अस्पताल एसोसियसनको सौराहामा आयोजित कार्यक्रममा सहभागी हुन चितवन आउनुभएका मन्त्री चौधरीले आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै पछिल्लो समयमा अस्पताल अवैध रुपमा सञ्चालन गर्ने क्रम बढेको उल्लेख गर्नु भयो ।

यसको नियन्त्रणका लागि स्वास्थ्य राज्यमन्त्रीको नेतृत्वमा पाँच सदस्यीय अनुगमन समिति समेत गठन गरेको उहाँले जानकारी दिनुभयो ।

अवैध रुपमा सञ्चालनमा आएका यस्ता अस्पताललाई कारबाही गर्दै नवीकरण नभएका भए केही समय दिएर नवीकरण गर्न लगाउने र सो समयमा पनि नवीकरण नगरेको खण्डमा कारबाही प्रक्रियामा अगाडि बढेर हँदैसम्मको कारबाही गर्ने उहाँको भनाइ थियो ।
फरक प्रशङ्गमा बोल्दै मन्त्री चौधरीले सरकार परिवर्तनको कुरा अहिले मुख्य मुद्दा नभएको बताउनुभयो । उहाँले भन्नुभयो “सरकार परिवर्तन काँग्रेसको एजेण्डामा छैन त्यसकारण हामी जनताको भावनाअनुसार काम गर्दछौंँ ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts