Saturday, March 19, 2016

‘विकासमा निरन्तर सहयोग’

दमौली, ६ चैत । नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपालको विकासमा भारतले निरन्तर सहयोग गरिरहने बताउनुभएको छ ।

तनहुँको व्यास नगरपालिका–१ विज्ञानचौरस्थित भारतीय राजदूतावासको सहयोगमा निर्मित सुविधा सम्पन्न नेपाल–भारतमैत्री पुस्तकालयको आज उद्घाटनका अवसरमा उहाँले सीपमूलक र रोजगारमुखी शिक्षालेमात्रै देश विकासमा टेवा पुग्ने उल्लेख गर्नुभयो । भारतीय राजदूतावासको रु एक करोड २२ लाखको लागतमा सुविधा सम्पन्न सो पुस्तकालयको निर्माण गरिएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts