Saturday, March 19, 2016

सभापतिले सबैलाई समेटेर अघि बढ्नुपर्छ – नेत्री कोइराला

विराटनगर, ६ चैत । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले संविधानको कार्यान्वयन मुख्य कार्य रहेकाले यस विषयमा सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज अपराह्न पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले मुलुकको समस्यालाई नबल्झाई राष्ट्रको हित र विकास कार्यमा केन्द्रित हुनुपर्ने विषयमा जोड दिनुभयो ।

उहाँले नेपाली काँग्रेस सरकारमा जाँदा वा प्रतिपक्षमा बस्दा पनि संविधान कार्यान्वयनलाई प्राथमिकता दिने स्पष्ट पार्नुभयो ।

कोइरालाले पार्टीको आन्तरिक निर्वाचनमा जे जस्तो परिणाम आए पनि यसलाई स्वीकार गर्दै सबै मिलेर पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीभित्रको गुट उपगुटलाई अन्त्य गरी सबैलाई समेटेर अगाडि बढ्न सुझाव दिनुभयो ।

संविधानमा ३३ प्रतिशत महिला आरक्षणको व्यवस्थाअनुरुप पार्टीमा पनि सोही व्यवस्था हुनुपर्ने उल्लेख गर्दै नेत्री कोइरालाले भन्नुभयो – “पार्टीको सभापति पदमा पुरुष भएकाले उपसभापति पदमा महिलालाई मनोनीत गर्दा उपयुक्त हुनेछ ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts