बनेपा, २५ फागुन । शब्दयात्रा प्रकाशन बनेपाले आज विभिन्न विधाका तीन जना र एक संस्थालाई यहाँ सम्मान गरेको छ ।
विज्ञान प्रविधि सम्मान डा होमनाथ भट्टराईलाई, आमसञ्चार सम्मान कोषराज रेग्मीलाई, सामाजिक जागरण सम्मान भीमबहादुर अधिकारीलाई र शिक्षा सम्मान महेश संस्कृत गुरुकुल देवघाटलाई प्रदान गरिएको हो ।
काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा सुरेशराज शर्मा र समाजसेवी बेलप्रसाद श्रेष्ठले संयुक्तरुपमा उहाँहरुलाई दोसल्ला ओढाएर तथा कदरपत्र प्रदान गरेर सम्मान गर्नुभयो । सो अवसरमा विभिन्न पाँचवटा पुस्तकको समेत विमोचन गरिएको थियो । रासस
No comments:
Post a Comment