Tuesday, March 8, 2016

राप्रपा नेपालको बैठक सम्पन्न

काठमाडौँ, २५ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले आफ्नो भोलि हुन लागेको थाइल्यान्ड भ्रमण र बिहीबारदेखि हुने भारत भ्रमणबारे पार्टीलाई जानकारी गराएनुभएको छ ।

पार्टीको आज बसेको केन्द्रीय कार्य समितिको बैठकमा थापाले थाइल्यान्डको निमन्त्रणामा मैत्रीपूर्ण भ्रमण हुन लगेको र भारतमा आर्ट अफ लिभिङ नामक धार्मिक संस्थाकोे ३५ औँ वार्षिकोत्सवमा सहभागी हुन त्यसतर्फ जान लोगको बताउनुभयो ।

बैठकमा आउँदो चैत १८ र १९ गते वीरगञ्जमा हुन लागेको केन्द्रीय कार्य समितिको बैठकमा पार्टी अध्यक्ष थापाले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने निर्णय भएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी बैठकमा स्थानीय निकायको निर्वाचन कार्ययोजना, सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts