Friday, March 18, 2016

सहिद र बेपत्ताको जिम्मा हामी लिन्छौँ : संयोजक डा भट्टराई

गोरखा, ५ चैत । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले माओवादी ‘जनयुद्ध’का बेला सहिद र बेपत्ता भएकाहरुको जिम्मा नयाँ शक्तिले लिने बताउनुभएको छ ।

गोरखामा आज आयोजित अन्तरिम जिल्ला परिषद् घोषणा तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा भट्टराईले भन्नुभयो – “कतिपयले बाबुरामले माओवादी छाड्यो, सहिद र बेपत्तालाई भुल्यो भनेका छन् । त्यो भ्रममा नपर्नुहोला । सहिद र बेपत्ताको जिम्मा हामी लिन्छौँ ।”

नयाँ शक्तिलाई छिट्टै पार्टीको रुप दिने सङ्केत गर्दै संयोजक डा भट्टराईले ‘वडा, गाउँ, नगर, जिल्ला, प्रदेशमा बलियो सङ्गठन गठन’ गर्न अभियन्ताहरुलाई आग्रह गर्नुभयो । जनताको जनजीविकामा सहयोग पुग्नेखालका काम गर्न निर्देशन दिँदै भट्टराईले गोरखामा नयाँ शक्तिलाई विशेष रुपमा अघि बढाउन आग्रह गर्नुभएको छ ।

देशमा आर्थिक समृद्धि ल्याउन समुद्र तर्नुपर्ने तर्क गर्दै भट्टराईले सडक मार्गमार्फत समुद्र तर्न नसकिने जिकिर गर्नुभयो । एमाओवादीले सडक मार्गमार्फत समुद्र तर्न खोजेको उहाँको भनाइ छ । ‘नयाँ शक्ति पानी जहाज’ उहाँले भन्नुभयो– “समुद्र तर्न जहाज चढ्नुपर्छ ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts