मेलम्ची, १ चैत । वर्षासँगै परेको असिनाले यहाँ लगाइएको बालीमा क्षति पु¥याएको छ ।
आधा घन्टासम्म परेको असिना पानीले बेमौसमी तरकारी, आलु, काँक्रो, घिराँैला, फर्सीलगायत बाली नष्ट भएको मेलम्ची नगरपालीका–१२ का कृषक तुलाराम दाहालले बताउनुभयो । भित्र्याउने बेला भएका नगदेबाली नष्ट हुँदा कृषक मर्कामा परेका छन् ।
त्यस्तै असिना पानीले टहरामा बसेका भूकम्पपीडितलाई पनि नराम्ररी प्रभावित बनाएको मेलम्ची नगरपालिका भूकम्पपीडित सूर्यबहादुर तामाङले बताउनुभयो । भूकम्पले घर भत्काएको र अस्थायी रुपमा बस्दै आएको टहरामा पनि पानी छिरेपछि भूकम्पपीडितले आघात महसुस गरेको मेलम्ची नगर विकास समितिका अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो । रासस
No comments:
Post a Comment