Saturday, March 5, 2016

अफगानिस्तानमा ११ तालिवान मारिए

अफगास्तिान, २२ फागुन । अफगानिस्तानका तालिवान सशस्त्र हतियारधारी बिरुद्ध अफगान सैनिक र प्रहरीले संयुक्तरुपमा गरेको कारबाहीमा परी कम्तीमा पनि ११ जना तालिवान लडाकू मारिएका छन् ।

अफगानिस्तानमा गएको वर्षदिनभन्दा पहिलादेखि नै त्यहाँका नेटो सेनाले अफगानिस्तान छोडेर बाहिरिएको भएपनि अफगान सेनाले नै कारबाही गर्ने गरेको छ ।

यसै कारबाहीका क्रममा शनिबार ११ व्यक्तिकोे मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् । मारिनेमा सबै तालिवान विद्रोही परेका समाचारमा उल्लेख गरिएको छ ।

सो कारबाही अफगानिस्तानको पश्चिमीप्रान्त हेरातमा शनिबार बिहान गरिएको समचारमा जनाइएको छ । त्यस क्रममा केही सैनिक पनि घाइते भएका छन् ।

अफगानिस्तानको राष्ट्रिय प्रहरी र सैनिकले ओबे र चेस्टी सारिफ जिल्लामा गरेको कारबाहीमा कम्तीमा पनि ११ जना लडाकूको मृत्यु भएको जिल्ला प्रशासन प्रमुखले बताउनुभएको छ ।

अफगानिस्तानबाट नेटो सैनिक फिर्ता भएपछि पनि हिंसा रोकिएको छैन ।

पछिल्लो समयमा अफगान सैनिक र सर्वसाधारण नागरिकमाथि नै आक्रमणका घटनामा वृद्धि भएको बताइन्छ । रासस÷एपी

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts