डडेल्धुरा, २२ फागुन । मणिलेक गाविसबाट डडेल्धुरा सदरमुकाम आइरहेको से१ज ७००६ नं जिप आज साँझ दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक शेरबहादुर भुल र जिपमा सवार छविलाल अवस्थी र खड्ग अवस्थी रहेका छन् ।
जिपमा चालकसहित चारजना सवार थिए । गम्भीर घाइते गणेश अवस्थीको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment