Sunday, March 13, 2016

राष्ट्रपतिसँग महानिर्देशक सिल्भाको शिष्टाचार भेट

काठमाडौँ, ३० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको भ्रमणमा रहनुभएका राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक होसे ग्राजिनो डा सिल्भाले राष्ट्रपति कार्यालयमा आज अपराह्न शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा उहाँहरुबीच उक्त सङ्गठनले नेपालमा विगतदेखि गर्दै आएको सहयोगमूलक कार्यक्रमहरु तथा तिनको उपलब्धि, नेपाललाई सन् २०२५ सम्ममा भोकमरी शून्य क्षेत्र बनाउनेलगायतका विषयमा विचारविमर्श भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा नेपालको कृषि क्षेत्रको विकास र विद्यमान खाद्यसङ्कट समाधान, खाद्य सुरक्षा, पशुपालन, माछापालनजस्ता कार्यक्रमलाई सघनरुपमा सञ्चालन गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

राष्ट्रपतिको कार्यालयका अनुसार उक्त भेटमा नेपाल सरकारका उच्च सरकारी अधिकारी तथा नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनका उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts