Saturday, March 19, 2016

नयाँ कार्यसमिति अध्यक्षमा दङ्गाल

काठमाडौँ, ६ चैत । काठमाडौँ बचत तथा ऋण सहकारी सङ्घको १२औँ साधारणसभाले केशव दङ्गालको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रकाश श्रेष्ठ, सचिवमा नवराज अर्याल र कोषाध्यक्षमा गोविन्द काफ्ले सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो । लेखा सुपरीवेक्षण समितिको संयोजकमा कमलराज अधिकारी र सदस्यमा गोवर्धन केसी र सालिकराम पुडासैनी निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष दङ्गालले सहकारी क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आधार स्तम्भ भएको बताउँदै आगामी दिनमा काठमाडौँ उपत्यकामा रहेका सबै सहकारीसँग समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts