Saturday, March 5, 2016

प्रधानसेनापति खुल्ला दौडको उपाधि सशस्त्रका पार्कीलाई

काठमाडौँ, २२ फागुन । करिब चार हजार प्रतियोगीले प्रतिस्पर्धा गरेको ‘प्रधानसेनापति प्रथम खुल्ला म्याराथुन दौड प्रतियोगिता’को म्याराथुन ४२.१९५ किलोमिटरको उपाधि सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्कीले हात पार्नुभएको छ ।

आज जङ्गी अड्डास्थित खेलमैदानबाट सुरु भएर सोही स्थानमा अन्त्य भएको दौडमा उहाँले नेपाली सेनाका राजन खत्रीलाई पछि पार्दै उपाधि हात पार्नुभएको हो । दौडमा सेनाकै होमलाल श्रेष्ठ तृतीय, खगेन्द्र भाट चाँैथो हुन सफल हुँदा नेपाल प्रहरीका भूमिराज राई पाचाँैं र सेनाका पूर्ण तामाङले छैटाँैंस्थान ओगट्न सफल हुनुभयो ।

त्यस्तै, विदेशी महिलाको सहभागिता रहेको २१ किमी खुल्ला हाफ म्याराथुन तर्फ लिन्ड्सी पिपेस प्रथम, स्टेफन रीड द्वितीय, टिमी रुविनो तृतीय भए भने समान किमिको खुल्ला म्याराथनमा सेनाका रेशु बस्नेत र सरिता बासी क्रमशः प्रथम र द्वितीय, सशस्त्रकी पुष्पा भण्डारी तृतीय हुन सफल भए ।

त्यसैगरी, समान दुरीको खुल्ला म्याराथुन पुरुषतर्फ सेनाका हरिकुमार रिमाल प्रथम, सेनाकै लालबहादुर थापा द्वितीय र सशस्त्रका लक्ष्मण मल्ल तृतीय भए भने १० किमी विदेशी महिलामा फ्रान्जिस्का सुक्लोइफेर र पुरुषमा इडन इलियस प्रथम, नादाभ शेमेश द्वितीय र सिमोन क्यास्ट्रो बोल्ड्रिड्ज तृतीय हुन सफल भए ।

प्रतियोगिताको महिला सैनिक अधिकृततर्फ १० किमी दौडमा सेनानी नीरा खड्का प्रथम, सहसेनानी तिलकुमारी श्रेष्ठ द्वितीय, उपसेनानी सञ्चिता केसी तृतीय भएभने पुरुषतर्फ सेनानी मधु थापा प्रथम, उपसेनानी नारायणदत्त अधिकारी द्वितीय, सहसेनानी टेकबहादुर कार्की तृतीय भए । साथै, सैनिक विद्यालयका छात्रातर्फ पाँच किमी दौडमा सङ्गीता खड्का प्रथम, सुनिता श्रेष्ठ द्वितीय र सुजाता दर्लामी मगर तृतीय भएभने छात्रमा सुरेश थापा मगर प्रथम, सागर श्रेष्ठ द्वितीय र मनोज कार्की तृतीय भए ।

प्रतियोगितामा प्रथम हुने सेनाका पार्कीले होन्डा मोटरसाइकल प्राप्त गर्नुभयो । सबै विधाका विजेतालाई प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतले नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा ख्याती कमाएका बैकुण्ठ मानन्धर, जितबहादुर केसी, भक्तबहादुर सापकोटा, मुकुन्दहरि श्रेष्ठलगायतलाई ‘लाइफ टाइम अचिभ्मेन्ट अवार्डस्वरुप’ जनही रु एक्काइस हजार १०० प्रदान गरियो ।

‘रन फर फन’ नाम दिइएको कार्यक्रममा सत्य–स्वरुप, महेश खड्का, रिमा गुरुङ, टीका भण्डारी, अर्जुन पोखरेल, कालीप्रसाल बास्कोटा, रेजिना रिमाललगायतका कलाकारले सैनिक गान ‘रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो’सहित विभिन्न व्यवसायिक गीत गाएका थिए ।

नागरिक र सैनिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले महाशिवरात्री तथा सेना दिवसको अवसर पारेर कार्यक्रम गरिएको नेपाली सेनाले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts