Tuesday, March 8, 2016

वैकल्पिक राजनीतिक शक्ति निर्माणको आवश्यकताबारे अन्तक्र्रिया

नुवाकोट, २५ फागुन । नयाँ शक्ति निर्माण अभियान जिल्ला समन्वय समितिको आयोजनामा आज वैकल्पिक राजनीतिक शक्ति निर्माणको आवश्यकता र औचित्यबारे अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सामाजिक न्यायसहितको राष्ट्रिय औद्योगिक पुँजीवादको विकास गर्दै समुन्नत समाजवादको निर्माण गर्नु नयाँ शक्तिको मुख्य राजनीतिक कार्यदिशा भएको बताउनुभयो ।

नयाँ शक्ति एउटा पार्टीमात्र नभएर एउटा विशाल र दीर्घकालीन अभियान र आन्दोलन पनि रहेको बताउँदै उहाँले पुरानो शक्तिमा झँै नयाँ शक्तिमा नेता र कार्यकर्ताबीच श्रेणीगत विभेद नहुने भएकाले आम नागरिकलाई अभियानमा सरिक हुन आग्रह गर्नुभयो ।

नयाँ शक्ति नेपालका केन्द्रीय सल्लाहकार डा योगी विकासानन्दले परिवर्तन, आर्थिक समृद्धि र खुसी जीवनका लागि नयाँ शक्तिको विकल्प नरहेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts