Tuesday, March 8, 2016

ट्र्याक्टरको ठक्करबाट महिलाको मृत्यु

दाङ, २५ फागुन । ट्र्याक्टरको ठक्करबाट दाङको देउखुरी लालमटिया–८ मसुरियामा आज एक महिलाको घटनास्थलमै ज्यान गएको छ ।

लालमटियाको मसुरियामा आयोजित नारी दिवसमा सहभागी हुन आउँदै गर्दा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु २ त १७५३ नम्बरको ट्र्याक्टरको ठक्करबाट लालमटिया – ५ मौरीघाट निवासी ६९ की शोभादेवी खनालको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ठक्कर दिने ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख कुवेर कठायतले जानकारी दिनुभएको छ । मृतक खनालको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा राखिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts