कलैया, ६ चैत । कलैया नगरपालिका वडा नं १२ स्थित खेतमा आज ४५ वर्षीय महिलाको शव फेला परेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो ।
मृतक महेशपुर गाविस–७ बस्ने रामलोचन लहेराको ४५ वर्षीय श्रीमती सुनैनादेवी लहेरा रहेको प्रहरीले जनाएको छ । सुनैनादेवीको मृत्युको कारणका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । रासस
No comments:
Post a Comment