Sunday, March 27, 2016

करेन्ट लागेर मृत्यु

लहान, १४ चैत्र । करेन्ट लागेर आज सिरहाको मिर्चैया नगरपालिकामा एक महिलाको मृत्यु भएको छ ।

आफ्नै घरमा मोटर जोडिएको चापाकलमा पानी लिन गएकी मिर्चैया नपा–६ निवासी ३५ वर्षीया कारीदेवी यादवको करेन्ट लागेर मृत्यु भएको हो ।

पानी लिन गएकी उनलाई मोटरबाट अचानक करेन्ट लागेपछि उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ लैजाने क्रममा बाटैमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts