Sunday, March 27, 2016

मलेसियासँग नेपाल बराबरीमा रोकियो

काठमाडौँ, १४ चैत । नेपाली राष्ट्रिय फुटबल टोली र मलेसियाको बाइस वर्षमुनि (यु–२२) को राष्ट्रिय फुटबल टोलीबीच भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको छ ।

मलेसियाको सेरेबनको टुअङ्कु अब्दुल रहमान रङ्गशालामा भर्खरै सम्पन्न खेलको ३७ औं मिनेटमा भरत खवासले गोल गरेर नेपाललाई १–० को अग्रता दिलाएका थिए । उनले विपक्षी रक्षापङ्क्तिका खेलाडीलाई पार गर्दै एक्लो प्रयासमा गोल गरेपछि पहिलो हाफमा नेपालको पहिलो हाफ सुःखद रह्यो ।

एक गोलले पछि परेर सम्हालिएर खेलेको मलेसियाले दोस्रो हाफमा केही राम्रा आक्रमण ग¥यो भने नेपाल पनि प्रत्याक्रमणमा उत्रियो । तर खेलको अन्त्यतिर अर्थात ८७औँ मिनेटमा नेपाली गोलरक्षक र रक्षकको गल्तीको फाइदा उठाउँदै मलेसियाले बराबरी गोल गर्न सफल भएपछि नेपालले जितको अवसर गुमायो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts