Thursday, March 17, 2016

ललितपुर नगरक्षेत्रलाई हस्तकला नगरी बनाइने

ललितपुर, ४ चैत । ललितपुरको नगरक्षेत्रलाई हस्तकला नगरी बनाइने भएको छ ।

ललितपुर उद्योग वाणिज्य सङ्घको ४९ आंँैँ स्थापना दिवसको आज उद्घाटन गर्दै वाणिज्यमन्त्री दीपक बोहराले हस्तकलामा निपुण मानिसको यस क्षेत्रलाई हस्तकला नगरीका रुपमा घोषणा हुन सकेमा पर्यटकीय क्षेत्रको विकास हुन सक्ने औँल्याउनुभयो ।

भुटानसँग गरिँदै आएको व्यापार व्यवसायको वृद्धि विकासका लागि मजबूत व्यापार सन्धि गर्न व्यवसायी र सरकारका तर्फबाट समिति निर्माण गरी समाधान गर्न सकिने उहाँको तर्क छ ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणाले लगानी गर्ने वातावरण सरकारले मिलाएमा जुनसुकै क्षेत्रमा लगानी गर्न व्यवसायी तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । भुटान उद्योग वाणिज्य महासङ्घका महासचिव फुव छिरिङले नेपालको कृषि क्षेत्रको विकासबाट आफू आकर्षित भएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts