काठमाडौँ, ४ चैत । आगामी नयाँ वर्षमा कीर्तिमानी विश्व आरोही एवम् धावक सञ्जय पण्डितले युरोपको सर्वोच्च शिखर एल्ब्रस आरोहण गर्ने घोषणा गर्नुभएको छ ।
ज्वालामुखीबाट निर्मित पाँच हजार ६४३ मिटर अग्लो सो शिखर पुगेर नयाँ वर्ष मनाउने योजना रहेको आरोही पण्डितको भनाइ छ ।
रुसस्थित ककेसस हिमालको शृखलामा रहेको एल्ब्रस शिखर आरोहण गर्न उहाँ यही चैत तेस्रो साता त्यसतर्फ प्रस्थान गर्नुहुनेछ । युरोपका पर्वतहरुमध्ये यो शिखर आरोहणका लागि सबैभन्दा सहज मानिन्छ ।
पण्डितले सर्वोच्च शिखर सगरमाथा, मनास्लु, अस्ट्रेलियाको सर्वोच्च शिखर कोसियुज्कोेलगायतका हिमाल आरोहण गरिसक्नुभएको छ । उहाँले सन् २०१५ मा अफ्रिकाको किलिमन्जारोको उल्टो हिँडेर आरोहण गर्नुभएको थियो । आरोही पण्डितको सात महादेशका सर्वोच्च शिखर आरोहण गर्ने लक्ष्य रहेको छ । रासस
No comments:
Post a Comment