काठमाडौँ, १४ चैत । नेपाली काँग्रेस नेत्री सुजाता कोइराला आज चीन प्रस्थान गर्नुभएको छ ।
चीनको जिनानमा यही चैत १७ र १८ गते हुने ‘पर्यावरणीय सुरक्षा र मानव स्वास्थ्यसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा’ भाग लिन आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
सम्मेलनमा विश्वको वातावरण र प्रदूषणका बारेमा छलफल हुनेछ । दुईदिने उक्त सम्मेलनमा जलवायु विषयका अन्तर्राष्ट्रिय विशेषज्ञको सहभागिता रहनेछ । नेत्री कोइराला विश्व जलवायु अनुकूलन र पर्यावरणीय सञ्जालसम्बन्धी महिला समितिको अध्यक्ष समेत हुनुहुन्छ । रासस
No comments:
Post a Comment