पोखरा, २२ फागुन । कास्कीको लेखनाथ नगरपालिका वडा नं १३ खुदीखोला नजिक सडकमा टिपरले आज दिउँसो ठक्कर दिँदा एक बयोवृद्ध पैदल यात्रीको मृत्यु भएको छ ।
ग १ क २८८२ नंको टिपरले सोही ठाउँ बस्ने वर्ष ८२ का शम्शेर परियारलाई सडकमा हिँडिरहेको अवस्थामा ठक्कर दिई गम्भीर घाइते बनाएको र घाइतेलाई उपचारका लागि अस्पतालमा ल्याउँदाल्याउँदै बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीले टिपर चालक दीपक पुलामीमगरलाई नियन्त्रणमा लिएको छ । रासस
No comments:
Post a Comment