Saturday, March 5, 2016

सरकार परिवर्तन असम्भव : मन्त्री राई

सुरुङ्गा (झापा), २२ फागुन । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अहिले सरकार परिवर्तन असम्भव रहेको बताउनुभएको छ ।

प्रेस चौतारी झापाले आज दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राईले लोकतन्त्रमा सरकार परिवर्तन सामान्य कुरा भएपनि वर्तमान सरकार परिवर्तन नहुने बताउनुभयो । सरकारको विकल्प खोज्नुभन्दा यही सरकारलाई विस्तार गरेर अघि बढ्नु उत्तम विकल्प हो, उहाँले भन्नुभयो ।

उहाँले नेपाली काँग्रेस संविधान कार्यान्वयनका बेला किनारा लागेको बताउँदै राष्ट्रिय सरकारमा जसरी पनि आउनुपर्ने धारणा राख्नुभयो । यो संविधानको मूल जगमा रहेर सरकार बनेकाले संविधान कार्यान्वयन, पुनःनिर्माण र विकास निर्माणका कार्यलाई अघि बढाउँदै लैजाने मन्त्री राईले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts