Friday, March 11, 2016

डडेल्धुरामा आयोडिन नुन प्रयोगकर्ता ५६ प्रतिशत

भीमदत्तनगर, २८ फागुन । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा ५६ प्रतिशत नागरिकले मात्रै आयोडिनयुक्त नुन प्रयोग गर्ने गरेको पाइएको छ ।

युनिसेफले निकालेको तथ्याङ्कका अनुसार डडेल्धुरा जिल्लामा ५६ प्रतिशत नागरिकले मात्रै आयोडिनको प्रयोग गर्ने गरेको म्याक्स–प्रोका जिल्ला संयोजक सुभास केसीले जानकारी दिनुभयो ।

भौगोलिक विकटता, जनचेतनाको अभाव तथा आयोडिनयुक्त नुन केही महँगो हुनाले पनि आयोडिनयुक्त नुनको प्रयोग बढ्न नसकेको उहाँको भनाइ छ ।

गर्भवतीलाई आयोडिन नपुगे शिशुलाई समेत प्रतिकूल असर पुग्नाका साथै शिशु लाटो, लठेब्रो र सुस्तःमनस्थितिको, होचो पुड्को हुने खतरा देखिने भएकाले आयोडिनको प्रयोग गर्नुपर्नेमा केसीको जोड छ । आयोडिनयुक्त नुनको कमीले वयस्क अवस्थामा मानिसमा थाइरायड हार्मोनको कमी भई गलगाँड हुने बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts