Friday, March 18, 2016

महासचिव मुनको नेपाल आउने इच्छा

काठमाडौँ, ५ चैत । संयुक्त राष्ट्र सङ्घका महासचिव बान की–मुनले नेपाल आउन तीव्र इच्छा राख्नुभएको छ ,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले आज अमेरिकाको साताव्यापी भ्रमण सकेर स्वदेश फर्केपछि आयोजित पत्रकार सम्मेलनमा नेपालमा बुद्धजयन्तीका अवसरमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा महासचिव मुनलाई निम्तापत्र दिँदा सो जवाफ पाउनुभएको जानकारी दिनुभयो ।
नेपालमा दुई हजार ५६०औँ अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आगामी जेठ ६, ७ र ८ गते हुँदैछ । मन्त्री पोखरेल र मुनबीच यही चैत ३ गते भेट भएको थियो । सो अवसरमा उपप्रधानमन्त्री सिपी मैनाली पनि सहभागी हुनुहुन्थ्यो ।

राष्ट्र सङ्घका महासचिव मुनले यसअघि पनि आफू लुम्बिनी पुगेको र लुम्बिनीको विकास, गुरुयोजनाबारे चासो र जिज्ञासा राख्नुभएको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

भेटमा महासचिव मुनले नेपालको शान्ति प्रक्रिया र संविधान जारी भएपछि नेपालको स्थितिका बारेमा चासो व्यक्त गर्दै शान्ति प्रक्रियामा आफूले पु¥याएको योगदानका बारेमा पनि स्मरण गर्नुभएको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

त्यसैगरी अमेरिकाको भ्रमणका क्रममा न्युयोर्कमा आयोजना गरिएको पर्यटन प्रवद्र्धन र प्रवासी नेपालीको खेल्नुपर्ने भूमिकाका विषयमा अन्तक्र्रिया भएको र नेपालको पर्यटनमा आप्रवासी नेपालीले सहयोग गर्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

त्यस्तै चैत १ गते न्युयोर्कमा भएको ‘ग्लोबल पार्लियामेन्टरियन्स फोरम फर इभ्यालुएसन’ बैठकमा समेत उहाँले भाग लिनुभयो । बैठकमा मूल्याङ्कन नीति र दिगो विकास लक्ष्यबारे छलफल भएको र राम्रो मूल्याङ्कन नीति तथा भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरेको भन्दै मन्त्री पोखरेलाई सम्मान समेत गरिएको थियो ।

सांसद तथा मन्त्री पोखरेल त्यसको कार्यकारी समितिको सदस्य हुनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts