Friday, March 18, 2016

समुदायको सहयोगमा प्रहरी चौकी भवन निर्माण

त्रिशूली(नुवाकोट), ५ चैत । स्थानीय समुदायको सहयोगमा निर्माण भएको तादी प्रहरी चौकी भवन आज उद्घाटन गरिएको छ ।

दुई दशकअघि स्थापित चौकीको आफ्नै भवन नहँुदाको समस्या र अफ्ठयारा भवन बनेपछि समाधान भएको छ । बेलकोट–१ तादीपुल नजिक निर्मित भवनको उद्घाटन गर्दै प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायले प्रहरी र नागरिक एक अर्काको परिपूरकका रुपमा रहेकाले प्रहरीले सधँै सोही अनुसार व्यवहार गर्नुपर्ने बताउनुभयो ।
प्रजिअ विष्णुप्रसाद पोखेरलले स्थानीय समुदायको सहयोगमा कार्यालय भवन नै निर्माण भएकाले प्रहरीलाई आफ्नो क्षेत्रको शान्ति सुरक्षामा अझै बढी दायित्व बोध गरी सक्रिय हुन आग्रह गर्नुभयो ।
नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहोराले रसुवागढी नाकालाई राजधानी र भारतसँग जोड्ने सेतुका रुपमा नुवाकोट रहेकाले आगामी दिनमा जिल्लाको शान्ति सुरक्षालाई मजबुत बनाउन प्रहरी सक्रियता र नागरिक सहयोग एकसाथ आवश्यक पर्ने बताउनुभयो ।
स्थानीय समुदायले विभिन्न व्यक्ति र संस्थासँग रु आठ लाख १६ हजार जुटाएर तीनकोठे भवन निर्माण गरिदिएको हो । निर्माण समितिका अध्यक्ष शेरबहादुर गजुरेलको सभापतित्वमा भएको कार्यक्रममा जग्गादाता र चन्दादातालाई सम्मान गरेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts