Monday, March 21, 2016

सहयोगप्रति सम्पादक नेपालबाट आभार प्रकट

nepalकाठमाडौ । नेपाल पत्रकार महासंघका सदस्य, प्रवासी नेपाली पत्रकार सञ्जालका सचिव एवं नेपाल दुबई डट कमका संचालक एवं सम्पादक दामोदर नेपाललाई कुवेत जाने क्रममा दुबईमा गरिएको दुर्व्यवहारले हामीलाई स्तब्ध बनाएको छ।
नेपाल पत्रकार महासंघ कुवेत शाखाको कार्यक्रममा सहभागी हुन जाने क्रममा दुबईमा ट्रान्जिटमा रोकिँदा दुबई प्रहरीले पक्राृउ गरेको  हो ।
दुबई प्रहरीले पक्राउ गरी आठ दिनसम्मको आवश्यक प्रक्रिया र छानविनपछि अदालतले उहाँलाई निर्दोष प्रमाणित गर्दै रिहा गरेको छ । सम्पादक एवं संचालक नेपाल हाल काठमाडौ फर्किसक्नु भएको छ।
सम्पादक नेपालले कुवेत जाने क्रममा अनावश्यक झन्झट एवम्  मानसिक यातना व्यहोर्नु परेकोमा  हामीलाई दुःख लागेको छ। साथै उहाँलाई छानविनका क्रममा हिरासतमा राखेका बेला विभिन्न क्षेत्रबाट सहयोग गर्नु हुने सबैमा नेपाल दुबई डट कम हार्दिक कृतज्ञतासहित आभार प्रकट गर्दछ ।
प्रवासी भूमिमा अप्ठ्यारोमा परेका बेला सहयोगका लागि अनवरत रूपमा रातदिन खट्ने साथीहरू, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्ट, महासंघ परिवार, यूएईका लागि नेपाली राजदूत महामहिम धनञ्जय झा, सचिव कृष्ण अर्याल, दूतावास परिवार, नेपाली दूतावास कुवेत परिवार, पत्रकार महासंघ शाखा कुवेत, यूएई, कतार, परराष्ट्र मन्त्रालय लगायत सम्पूर्ण साथीहरू, आफन्तजनहरू, शुभचिन्तकहरूमा नेपाल दुबई डट कम हार्दिक आभार प्रकट गर्दछ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts