Monday, March 21, 2016

ठकुरीलाई न्युयोर्कमा कास्य पदक प्राप्त

आज मार्च २० तारिख आइतबार न्युयोर्कको फ्लसिंगको सेराटन लागर्डिया इस्ट होटलमा भएको कराते खेलमा डिसीका ठकुरीलाई कास्य पदक प्राप्त भएको छ l
 
न्युयोर्क राज्यको फ्लसिंगमा भएको कराते “युएसए मार्शल आर्ट्स हल अफ फेम” ३५ बर्ष देखि ४५ बर्ष को खुला प्रतियोगितात्मक  प्रतिस्प्रद्धामा उज्ज्वल ठकुरी मेक्सिकन जातिका खेलाडी ७ फिट ३ इन्च अग्ला खेलाडी संग भिडन्तमा पराजित भै तेस्रो स्थान   ओगट्न सफल भएका छन् l
 
“युएसए मार्शल आर्ट्स हल अफ फेम” अमेरिकाको नौ वटा राज्यहरुमा हुने प्रतियोगिता हो l  ४० बर्ष मनाउदै २०१६ को पहिलो खेल  न्युयोर्क बाट संचालन भएको छ l
 
यस खेलको साथसाथै ठकुरीको छैठौ छुट्टा छुट्टै राज्यमा खेल प्रवेस गरि सकेका छन l ठकुरीले १० वटा राज्यमा खेल पुर्याउने प्रतिबद्धता अनुसार अब चार ४ छुट्टै राज्य मात्र बाकी रहेको छ l 
 
उनले वाशिंगटन डिसी ,बाल्टिमोर, पेंसेल्भानिया ,भर्जिनिया, न्युजर्सी तथा न्युयोर्क खेली सकेका छन् l आजको खेल समेत लगाएर ठकुरीले ७ वटा स्वर्ण ,२ वटा रजत र ३ वटा कास्य जित्न सफल भएका छन् l
विजय थापा ,वाशिंगटन डिसी 

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts