काठमाडौँ, २४ फागुन । नेपाली काँग्रेसकाको १३ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि हिजो सम्पन्न निर्वाचनको मतगणना अनुसार सभापति पदमा बरिष्ठ नेता शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ ।
पछिल्लो मतगणनाअनुसार नेता देउवाले एक हजार ४८५ मत प्राप्त गर्नुभएको छ भने रामचन्द्र पौडेलले ११०९ र कृष्णप्रसाद सिटौलाले ३१६ मत प्राप्त गर्नुभएको छ ।
राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा अहिलेसम्म तीन हजार मत गणना भइसकेको छ ।
आइतबार भएको मतगणनामा तीन हजार १४८ मत खसेको थियो । सभापतिमा निर्वाचित हुन ५० प्रतिशत मत नघाउनुपर्ने व्यवस्था अनुसार एक हजार ५७५ मत ल्याउनु पर्ने हुन्छ । त्यति मत पुग्न नसकेमा सोमबार पुनः मतदान हुने निर्वाचन समितिले जनाएको छ । रासस
No comments:
Post a Comment