Sunday, March 6, 2016

मतगणना जारी – देउवाको अग्रता

काठमाडौँ, २४ फागुन । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि हिजो सम्पन्न निर्वाचनको मतगणना अनुसार सभापति पदमा बरिष्ठ नेता शेरबहादुर देउवाको अग्रता रहेको छ ।

पछिल्लो मतगणनाअनुसार नेता देउवाले एक हजार २८४ मत प्राप्त गर्नुभएको छ भने रामचन्द्र पौडेलले ९८० र कृष्णप्रसाद सिठौलाले २६६ मत प्राप्त गर्नुभएको छ ।

अहिलेसम्म दुई हजार ४०० मत गणना भएको जनाइएको छ ।

राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ । आइतबार भएको निर्वाचनमा तीन हजार १४८ मत खसेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts