Wednesday, March 2, 2016

यौनधन्दामा संलग्न युवायुवती पक्राउ

गोलबजार (सिरहा), १९ फागुन । सिरहाको गोलबजार नगरपालिका–४ स्थित मनोज होटलमा अनैतिक क्रियाकलापमा संलग्न तीन जोडी युवायुवती र होटल सञ्चालकलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।

यौनधन्दामा संलग्न गोलबजार नपा–९ का रवि पण्डित, सर्लाही मलङ्गवा नपा–९ का रुद्रबहादुर सार्की र भारत विहार जयनगरका सिवाल सिंह पक्राउ परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार यौनधन्दा चलाउने होटल सञ्चालक गोलबजार नपा– ४ का राजु साहलाई पनि पक्राउ गरिएको छ ।

यस्तै यौनधन्दामा संलग्न तीन युवतीको नाम भने गोप्य राखिएको प्रहरी निरीक्षक निरौलाले बताउनुभयो । उहाँका अनुसार सिरहाको लहान नपा–५ की महरा थरकी, धनुषा बरमझिया–९ की खातुन थरकी र सिन्धुली दुधौली–४ की महरा थरकी युवती पक्राउ परेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts