Friday, March 11, 2016

सूचनाको हक प्रयोगमा जनता आफैं सजक हुनुपर्छ– प्रमुख आयुक्त बाँस्कोटा

रत्ननगर (चितवन), २८ फागुन । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हक प्रयोगमा जनताको चासो कम रहेको बताउनुभएको छ ।

चितवनको रत्ननगरमा आज रेडियो अर्पणको पाँचौँ वार्षिकोत्सवका क्रममा उहाँले आफ्नो अधिकारका लागि जनता आफैं सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । कानुनले व्यवस्था गरेको सूचनाको हक जनताले प्रभावकारीरुपमा उपयोग गर्न नसकेको उहाँको भनाइ थियो ।

“सूचनाको हकसँग ठूलो तागत छ, जनताले माग्ने प्रयास गर्नुपर्छ, तर अहिलेसम्म प्रयास नै भएको छैन”–उहाँले भन्नुभयो ।

सो अवसरमा रेडियो अर्पणले पत्रकारिताको माध्यमबाट समुदायमा महत्वपूर्ण योगदान दिएको भन्दै राससकर्मी नारायण ढुङ्गानालाई ‘अर्पण पत्रकारिताप्रेमी व्यक्तित्व सम्मान २०७२’, पूर्णबहादुर बस्नेतलाई शिक्षा प्रेमी सम्मान, डा भोजराज अधिकारीलाई स्वास्थ्यप्रेमी सम्मान, विष्णुहरि पन्तलाई कृषिप्रेमी सम्मान, भेषराज दुवाडीलाई पर्यापर्यटनप्रेमी सम्मान, तीलकराज शर्मालाई साहित्यप्रेमी सम्मान र ऋद्धिचरण श्रेष्ठलाई कलाप्रेमी सम्मान प्रदान गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts