Saturday, March 19, 2016

रु दश करोड बराबरको आलु उत्पादन

रामपुर (पाल्पा), ६ चैत । जिल्लामा यसवर्ष रु १० करोड बराबरको आलु उत्पादन भएको छ ।

आलुखेतीका लागि अनुकूल समय र रोगकीराले यसवर्ष कम सताएपछि अघिल्लो वर्षको तुलनामा आलुको उत्पादन बढेको हो ।

गत वर्ष ७३० हेक्टर क्षेत्रफलमा सात हजार ५१८ मेट्रिक टन आलु उत्पादन भएको थियो भने यसवर्ष सोही क्षेत्रफलमा सात हजार ५२३ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक मोहनकुमार सिंहले बताउनुभयो ।
कार्यालयको सिफारिसमा किसानले यसवर्ष टिपियस, कार्डिनल, स्थानीयजातका आलु लगाएका हुन् । जिल्लाको रामपुर, अर्गली, मदनपोखरा, हुँगीलगायतका क्षेत्र आलु उत्पादनका लागि मुख्य पकेट क्षेत्र मानिन्छन् ।

यहाँ सिजनमा आलुको जातअनुसार प्रतिकिलो २० रुपैयाँभन्दा माथी किसानले बिक्री गर्दैआएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts