Tuesday, March 15, 2016

सभापति देउवा–राजदूत भेट

काठमाडौँ, २ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भारतका विदेश सचिव एस जयशङ्कर, नेपालका लागि जर्मनी राजदूत माथियल मायिर र संयुक्त राष्ट्रसङ्घका राजनीतिक प्रमुख मार्थिन हाल्फले आज बुढानिलकण्ठस्थित निवासमा भेटवार्ता गर्नुभएको छ ।

भेटका अवसरमा उहाँहरुले सभापति देउवालाई पार्टीको तेह्रौँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनुभएकोमा बधाई ज्ञापन गर्नुभएको पार्टी मुख्यसचिव ऋषिकेश तिवारीले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts