काठमाडौँ, २६ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहनु भएका शेर्पा दाजुभाई तथा दिदीवहिनीमा सुख, शान्ति एवम् उत्तरोतर प्रगतिको कामना गर्दछु ।
ग्याल्पो –ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले ग्याल्पो–ल्होसार नेपाली शेर्पा जातिको महान पर्व भएको उल्लेख गर्दै विभिन्न जातजाति, धर्म सस्कृतिले सु–सज्जित नेपालमा हामी सबै नेपाली सदियौदेखि एकजुट भएर रहेको उल्लेख गर्नुभएको छ ।
हाम्रो एकतालाई अझ सुदृढ बनाई देश निर्माणमा जुट्ने बेला आएको भन्दै सन्देशमा उहाँले जातजाति, भाषाभाषी समुदायमा शुभकामना व्यक्त गर्र्नु भएको छ । रासस
No comments:
Post a Comment